×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायी कँडेल प्रकरणः अर्का व्यवसायी रुंगटाविरुद्ध पक्राउ पूर्जी जारी

अर्थ सरोकार

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार

PRIME CA

व्यवसायी कँडेल प्रकरणः अर्का व्यवसायी रुंगटाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । व्यवसायी प्रदीप रुंगटाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा मृतकका भाईले किटानी जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

मृतक कँडेलले भरतपुर ३ बेलचोकस्थित आफ्नै निवासको अफिस कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । सो प्रकरणमा उनलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै मृतक कँडेलका भाई राजन कँडेलले अनमोल फिड्स कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका प्रदीप रुंगटा र कम्पनीका चार्टर्ड एकाउन्टेन्ट जीवन रावतविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

व्यवसायी रुंगटासहित चार्टर्ड एकाउन्टेन्ट रावतविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको छ । जाहेरी दर्तापछि उनीहरुविरुद्ध पक्राउ पूजी जारी गरि खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । ‘व्यवसायी कँडेलले आत्महत्या गरेको ठाउँबाट ‘सुसाइट नोट’ फेला परेको थियो । सोही नोटका आधारमा मृतकका भाईले जाहेरी दिएका हुन् ।’, एक प्रहरीले भने, ‘हाल दुवैजनाको खोजीकार्य भईरहेको छ ।’

मृतक कँडेलले ६ महिनाअघि आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको सेयर व्यवसायी रुंगटालाई बेचेका थिए । सेयर बिक्रीपछि आन्तरिक हिसाबकिताब मिलानका क्रममा अस्वभाविक मानसिक टर्चर दिएर व्यवसायी रुंगटा र चार्टर्ड एकाउन्टेन्ट रावतले कँडेललाई आत्महत्या गर्न बाध्य पारेको ‘सुसाइड नोट’मा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: