×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६ बुँदे माग लिएर लगानीकर्ता संगठनका नेताहरुले अर्थमन्त्रीलाई भेटे, नयाँ स्टकमा ढिलासुस्ती नगर्न आग्रह

काठमाडौँ । सेयर लगानीकर्ता संगठनका नेताहरुले अर्थमन्त्री प्रकाश शरण महतलाई भेटेर नयाँ स्टकमा ढिलासुस्ती नगर्न आग्रह गरेका छन् ।  नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, र नेपाल पुंजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा मन्त्री महतलाई भेटेर ६ बुँदे मागसमेत राखेका हुन् ।

यस्ता छन् माग :

१. लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।

२. १२ करोड (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं ।

३. शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं ।

४. लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौं ।

५. विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।

६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: