Skip to content
LAXMI SUNRISE BANK

दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, यात्रु भित्रै थुनिए…

अर्थ सरोकार

काठमाडौं । श्री एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगिएको छ । आइतबार भैरहवाबाट ९ बजेर ४० मिनेटमा काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुनः भैरहवामै आकस्मिक अवतरण गरेको हो ।

जहाजको ‘ल्यान्डिङ गियर’मा समस्या देखिएपछि पुनः भैरहवा विमानस्थलमा जहाज अवतरण गराइएको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिएका छन् ।

हाल भैरहवा एयरपोर्टको रनवेमै जहाज भएकाले एयरपोर्ट तत्कालका लागि क्लोज गरिएको छ । जहाजमा पावर नभएपछि हाल रनवे खाली गराउनका लागि ट्रयाक्टरको प्रयोग गरिएको छ । जहाजमा पावर नै नभएपछि यात्रुहरु जहाजभित्रै थुनिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK