काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णीम वाग्लेले उद्योग क्षेत्रमा गुणस्तर बढाउने भन्दा पनि नेताहरुको पछि लाग्ने प्रवृत्ति बढेको आरोप लगाएका छन् । मंगलवार काठमाडौंमा आयोजित मेक इन नेपाल स्वदेशी समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
वाग्लेले भ्रष्ट नेताहरुको भर पर्ने भन्दा पनि आफ्नो क्षमतामा विश्वास गरेर अघि बढ्न उद्योगीलाई सुझाव दिए । ‘नेताको पछि किन लाग्नु पर्यो ? अब यो प्रवृत्तिबाट उन्मुक्त गराउने काम हाम्रो र नीति निर्माताहरुको हो ।’ वाग्लेले भने, ‘यदी यसो गर्ने हो भने सबैजना आफ्नो व्यापार कसरी बढाउने ? गुणस्तर कसरी बनाउने ? र विदेश कसरी पठाउने ? भन्ने तिर ध्यान जान्छ ।’
त्यस्तै, वाग्लेले पछिल्ला दिन उद्योग क्षेत्रमा आफ्नो गुणले अघि बढ्नुको साटो भ्रष्टाचार गर्ने नेताहरुको भरमा पर्ने प्रवृत्ति हावी भएको बताएका छन् । संगठित रुपमा चाहने हो र लागि पर्ने हो भने यही आर्थिक वर्षमा विकासका कयौँ कामहरु गर्न सकिने वाग्लेले दाबी गरेका छन् ।
योसँगै वाग्लेले अहिले मुलुकमा उत्पादित सामानलाई कसरी बजारीकरण गर्ने भन्दा पनि मन्त्री र प्रधानमन्त्रीलाई भेटेर सेटिङ् गरेर तुरुन्तै लाभ लिनेतर्फ आकर्षण बढेकाले यस्तो प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले नीजि क्षेत्रले तिरेको करबाट राज्यको ढुकुटी जति राम्रो हुन्छ त्यती नै राज्यलाई समृद्ध बनाउन सकिने तर्क गर्दै नेपाल नीजि क्षेत्रमैत्री बन्नुपर्नेमा जोड दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्