काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमझीले न्यायधीशसँग हिरासतमा रहँदा घरकै खानाको व्यवस्था गरिदिन माग गरेका छन् ।
आइतबार साँझा काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका रायमाझीले सोमबार जिल्ला अदालत काठमाडौंमा न्यायधीशसँग घरको खानाको माग गरेका हुन् ।
पक्राउ पूर्जी जारी भएपछि बैशाख २० गते फरार भएका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न सोमबार प्रहरीले अदालत लगेको थियो । तर, अदालतसम्म पुग्दा उनी निकै प्रफुल्लित मुद्रामा देखिन्थे । सोही क्रममा उनले न्यायधीशसँग घरको खानाको माग गरेका हुन् ।
सरकारी वकिलहरुकै अघि टोपबहादुर रायमाझीले आफू प्रोस्टेटको बिरामी भएकोले आफूलाई सिधै हिरासतमा नराख्न आग्रह गरे । यतिमात्र होइन उनले आफूले बाहिरको खाना खान नमिल्ने र आफूलाई घरकै सादा खानाको व्यवस्था गरिदिन भने । जवाफमा न्यायधीशले भने– ‘त्यो त प्रहरीले नै मिलाउने कुरा हो ।’
अदालतले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्