×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ट्रिटन इन्टरनेशनल कलेजको ‘नमुना टोल’ अभियान (फोटो-कथा)

काठमाडौं । ट्रिटन इन्टरनेशनल कलेजले ‘नमुना टोल’ बनाउने अभियान सुरु गरेको छ । काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल कलेजले मैनादेवी फाउन्डेशनको आयोजना तथा नेपाल टेलिकमको सहयोग र काठमाडौं महानगरपालिकाको सहकार्यमा ‘सिपीएल २०२३’ अन्तर्गत चौथो चरणमा ‘नमुना टोल’ बनाउने अभियानको सुरुवात गरेको हो । ट्रिटन कलेजको उक्त अभियान अन्तर्गत विद्यार्थीहरुले काठमाडौंको तिनकुनेस्थित सुविधानगर टोलमा सरसफाई कार्यक्रमका साथै जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका थिए ।

अभियान अन्तर्गत तिनकुनेको सुविधानगरदेखि ट्रिटन कलेजसम्म सडकका विभिन्न ठाउँमा २५ वटाभन्दा बढी ‘डस्टबिन’ राखिएको छ । उक्त सरसफाई कार्यक्रममा टोल समितिका सदस्यहरु र स्थानीयहरुको पनि उपस्थिति रहेको थियो । सरसफाई अभियानमा सहभागी हुँदै उनीहरुले ‘नमुना टोल’ अभियानलाई संधै साथ दिने प्रतिबद्दता समेत जनाएका छन् ।

त्यस्तै, विद्यार्थीहरुले सो अभियान अन्तर्गत सडक पर्खालमा र बिजुलीका पोलहरुमा सरसफाई सम्बन्धी सचेतनामूलक नाराहरु पनि लेखेका छन् । सो कार्यक्रममा बिएसडब्ल्यू र बिबिएसमा अध्ययनरत विद्याथीहरु, ट्रिटन स्कुलमा अध्ययनरत विद्यार्थीहरु, शिक्षक, टोल समितिका सदस्यहरु र स्थानीयहरुको उपस्थिति रहेको थियो । यसका साथै उक्त अभियानमा नेपालका कान्छा सामाजिक अभियान्ता केपी खनालको पनि सहभागिता रहेको थियो ।

यसअघि सोहि अभियान अन्तर्गत ‘क्लिनिङ प्रिमियर लिग २०२३’ को पहिलो चरणमा वातावरणीय र जलवायु परिवर्तनका समस्याका समाधानबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो भने  दोस्रो चरणमा तिनकुनेस्थित सुविधानगरदेखि महादेवस्थानसम्म सरसफाई गरिएको थियो । त्यस्तै, तेस्रो चरणमा काठमाडैंको रत्नपार्कस्थित वीर अस्पतालदेखि वसन्तपुरसम्म सरसफाई कार्यक्रम गर्नुका साथै सचेतनामूलक सडक नाटकसमेत प्रस्तुत गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: