Skip to content
LAXMI SUNRISE BANK

बिग्रेको श्री एयरको जहाज रनवेमै रोकिएपछि ‘ल्याण्ड’ गर्न नसक्दा यतीको जहाज काठमाडौं फर्कियो

अर्थ सरोकार

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फिर्ता भएको छ । भैरहवा विमानस्थलको रनवेमा श्री एयरलाइन्सको विमान रोकिएपछि यतीको जहाज काठमाडौं फिर्ता भएको हो ।

श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि जहाज रनवेमै रोकिँदा यतीको जहाज अवतरणमा समस्या भएको विमानस्थल स्रोतले जनाएको छ । ‘यतीको जहाजमा पावर छैन । जहाज रनवेमै रोकिएको छ ।’, जहाजमा पावर नै नभएपछि ट्रयाक्टरले तानेर रनवे खाली गराउने प्रयास भईरहेको छ ।’ यतीको जहाज भैरहवा ल्याण्ड गर्न नसकेपछि काठमाडौं फर्किएको हो ।

आज बिहान श्री एयरलाइन्सको उडाननम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदाआउँदै बीचबाटै भैरहवा नै फर्किएको थियो । जहाज रनवेमै रहेकाले उडान अवतरण प्रभावित भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK