Skip to content
LAXMI SUNRISE BANK

प्रतिबन्धित जुवा प्रकरणः ‘प्र्यांक स्टार’ अलिस राई पनि पक्राउ

अर्थ सरोकार

काठमाडौं । प्रतिबन्धित जुवा प्रकरणमा ‘प्र्यांक स्टार’ अलिस राई पनि पक्राउ परेका छन् । नेपालमा बर्जित गरिएको अनलाई बेटिङ प्लेटर्फ ‘वान एक्स बेट’मार्फत सट्टेबाजी गरेको र विज्ञापन गरेको भन्दै प्रहरीले राईलाई बिहीबार पक्राउ गरेको हो ।

त्यस्तै, सोही प्रकरणमा पवन खतिवडा (म्याकुरी), वेगम नेपाली (भटभटे माइला), ‘बल्छी ध्रुवे’ भनेर चिनिने मरिचमान श्रेष्ठ र ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुलाई अदालतबाट म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।

उनीहरुविरुद्ध युट्युबमार्फत ‘वान एक्स बेट’को विज्ञापन गरेको आरोप लागेको छ । युट्युबमा पनि उनीहरुले प्रोमो कोड प्रयोग गरी छुट पाउन सकिन्छ भन्दै विज्ञापन गरेको देखिन्छ । बुधबार मात्रै प्रहरीले ‘वान एक्स बेट’मार्फत सट्टेबाजी गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरिएको थियो । उनीहरुले ६३ वटा विभिन्न खाता खोलेर ६४ करोडको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK