काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्न गाह्रो हुने टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री डा.महतले आफूले इमान्दार भएर काम गर्दागर्दै पनि विवादमा मुछिएको बताएका छन् ।
‘इमान्दार भएर काम गर्न कठिन हुँदो रहेछ, इमान्दार भएर काम गर्दा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ ।’, अर्थमन्त्री महतले भने, ‘एउटा पत्रिकाले एउटा न्यूज पटक–पटक दोहोर्याउँछ र त्यसैलाई हामी सत्य ठान्दछौँ ।’
तर, आफूले पारदर्शी रुपमा कुनै पनि प्रभावबाट मुक्त भएर बजेट निर्माणमा काम गरेको अर्थमन्त्री महतले बताएका छन् । ‘मैले अर्थमन्त्री बन्दैगर्दा कुनै पनि प्रभावमा नपरी काम गर्छु भनेर बाचा गरेको थिएँ, जुन बाचा अनुसार नै बजेट निर्माणमा काम गरेको हूँ ।’, उनले भने, ‘जहाँसम्म बजेटको राती अनाधिकृत व्यक्ति प्रवेश गराएको विषयमा प्रश्न उठेको छ, यसमा कुनै पनि सत्यता छैन । यसबारे अर्थमन्त्रालयले पनि विज्ञप्ती जारी गर्दै स्पष्ट पारेको छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्