काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने भनिएको बताएका छन् । सोमवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।
‘हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो ।’, उनले भने, ‘तर, वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन । चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरियो ।’
भुटानले पनि ढुँगा गिट्टी निर्यात गरिरहेको उदाहरण दिँदै अर्थमन्त्री महतले जहाँजहाँ निर्यात गर्न मिल्छ त्यहाँको मात्रै ढुँगा गिट्टी निर्यात गरिने बताएका छन् । ‘भुटानले पनि त निर्यात गरिरहेको छ । ढुङ्गा के खनिज जन्य होइन र ?’, संसदमा प्रश्न गर्दै उनले भने, ‘अष्ट्रेलियामा पनि त ठूला ठूला खानी उत्खनन गरिएका छन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्