×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीले भने– ‘टिएमएसको सोर्स कोड आफ्नै हुनुपर्छ, सेयर बजारमा सिमित व्यक्तिले चलखेल गरे, त्यसलाई रोक्नुपर्छ’

अर्थ सरोकार

प्रकाशित मिति : १३ असार २०८०, बुधबार

PRIME CA

अर्थमन्त्रीले भने– ‘टिएमएसको सोर्स कोड आफ्नै हुनुपर्छ, सेयर बजारमा सिमित व्यक्तिले चलखेल गरे, त्यसलाई रोक्नुपर्छ’

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर कारोबारका लागि प्रयोग हुने टिएमएसको सोर्स आफ्नै हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।

बजेट विनियोजनमाथिको छलफलमा भाग लिँदै सांसद मेटमणी चौधरीले अर्थमन्त्रीलाई सेयर कारोबारमा प्रयोग हुने टिएमएसको सोर्सकोड नेप्सेसँग छैन ? भन्दै प्रश्न उठाएका थिए । सांसद चौधरीको सोही प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले टिएमएसको सोर्स कोड आफ्नै हुनुपर्ने बताएका हुन् ।

त्यस्तै, मन्त्री महतले नेपालको पूँजी बजारमा आफ्नो स्वार्थपूर्तिका लागि केही सिमित व्यक्तिहरुले ५६ लाख लगानीकर्ताको नाम जोडेको भन्दै आपत्ति जनाएका छन् ।

सेयर बजारमा केही सिमित व्यक्तिहरुले खेलिरहेको बताउँदै अर्थमन्त्री डा.महतले पूँजी बजारमा हुने हरेक प्रकारका चलखेल रोक्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डलाई निर्देशन दिइसकेको पनि बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: