काठमाडौँ। काठमाडौँ महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) भारतीय चलचित्र ‘आदिपुरुष’को विवादित सम्बाद नहटेसम्म काठमाडौँ उपत्यकामा हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाएका छन् । शुक्रबार विश्वव्यापी रिलिज हुन लागेको सो चलचित्रमा सितामाता (जानकी)लाई भारतकी छोरीको रुपमा प्रस्तुत गरिएको तथ्य बाहिर आएपछि बालेनले काठमाडौँमा सबैखाले हिन्दी फिल्म ब्याण्ड गरिदिएका हुन्।
‘आदिपुरुष’मा रहेको सो संवाद नेपालमा मात्र नभई भारतमा पनि हटाउनु पर्ने अन्यथा काठमाडौँ महानगरपालिका भित्र पर्ने कुनै पनि हलमा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन्, “दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौँ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस् ।” उनले सामाजिक संजालमार्फत जानकारी दिंदै लेखेका छन्।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्