×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनको फेसबुक पोष्टले हलवाला आत्तिए, आदिपुरुषको बिहानी ‘शो’ स्थगित !

PRIME CA

बालेनको फेसबुक पोष्टले हलवाला आत्तिए, आदिपुरुषको बिहानी ‘शो’ स्थगित !

१ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को फेसबुक स्टाटसले आत्तिएर काठमाडौंका फिल्म हलहरुले ‘आदिपुरुष’को फिल्म शो स्थगित गरेका छन् । ‘आदिपुरुष’को विवादित डायलग ‘जानकी भारतीय छोरी हुन्’को विषयमा विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन स्थगित गरेका हुन् ।

शुक्रबार बिहान उपत्यकाका क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाजसहित मल्टिप्लेक्सले ‘आदिपुरुष’को शो स्थगित गरेका हुन् । बिहीबार साँझ बालेनले सार्वजनिक गरेको पोष्टका कारण ‘आदिपुरुष’ थप विवादित बनेपछि फिल्म हलको छाता संस्था चलचित्र संघले सर्कुलर जारी गर्दै ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न निर्देशन दिएको हो ।

बालेनले फेसबुक पोष्टमार्फत ‘आदिपुरुष’को विवादित डायलग नेपालमा मात्र नभएर भारतमा प्रदर्शन हुने फिल्ममा पनि परिवर्तन नगरे हिन्दी फिल्म चल्न नदिने भन्दै चेतावनी दिएका थिए । बालेनको सो पोष्टपछि सुरक्षा त्रासका कारण हलहरुले ‘आदिपुरुष’को बिहानी शो स्थगित गरेका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: