काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले काठमाडौं बाहेक अन्त विद्यालय बन्द गराउने आफ्नो आन्दोलन नतुहिएको दाबी गरेका छन् । ‘बालेनको चेतावनीपछि काठमाडौंका अधिकांश स्कुल सञ्चालनमा, आन्दोलनकारीको आन्दोलन तुहियो !’ शिर्षकको समाचारप्रति आपत्ति जनाउँदै उनले काठमाडौंमा आफ्नो आन्दोलन कमजोर भए पनि अन्य ठाउँमा भने विद्यालयहरु बन्द भएको दाबी गरेका छन् ।
‘अर्थ सरोकारको समाचारमा तपाईहरुले काठमाडौंमा स्कुलहरु निर्वाध सञ्चालनमा आएको विषयलाई लिएर आन्दालन नै तुहियो भन्ने आशयका साथ समाचार लेख्नुभएको रहेछ । यसमा हाम्रो आपत्ति छ । काठमाडौंमा मात्र स्कुलहरु सञ्चालनमा आएका हुन् । काठमाडौं बाहिर सबैतिर सामुदायिक विद्यालयहरु बन्द छन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘तपाईहरु जतिको जिम्मेवार मिडियाले यसरी आन्दोलन पुरै तुहियो भन्ने आशय व्यक्त गर्न मिल्छ ?’
आइतबार देशैभरीका सामुदायिक विद्यालय बन्द गर्ने परीषद्को घोषणापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले विद्यालय बन्द गरे कार्वाही गर्ने चेतावनी दिएका थिए । बालेनको चेतावनीपछि काठमाडौंभित्रका सामुदायिक विद्यालयहरुमा निर्वाध रुपमा पठनपाठन सञ्चालन भईरहेको छ ।
मेयर शाहको डरले काठमाडौंका विद्यालय निर्वाध रुपमा सञ्चालन भएपछि काठमाडौंमा विद्यालय बन्दको आन्दोलन तुहिएको छ । यद्यपी काठमाडौं बाहेकका जिल्लाहरुमा भने विद्यालयहरु पूर्ण रुपमा बन्द गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्