काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्र हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । ‘आदिपुरुष’को विवादित डायलग हटाउने भनिए पनि फिल्म मेकरले भारतमा उक्त संवाद नहटाएपछि महानगरले हिन्दी फिल्मको प्रदर्शनी रोक्ने तयारी गरेको हो ।
महानगर स्रोतका अनुसार भोली (सोमबार)देखि महानगरका हलहरुमा ‘आदिपुरुष’सँगै अन्य हिन्दी फिल्मको प्रदर्शनी पनि रोक्ने तयारी गरिएको हो ।
‘आदिपुरुष’मा विवादित रहेको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने डायलग नेपालमा मात्रै नभएर भारत लगायतका मुलुकमा पनि हटाउन यसअघि काठमाडौं महानगरका मेयर बालेन शाहले आग्रह गरेका थिए । तर, फिल्म मेकर टिमले नेपालमा प्रदर्शन हुने फिल्ममा मात्रै उक्त विवादित संवाद हटाएर भारतमा भने कुनै परिवर्तन नगरेपछि काठमाडौं महानगरपालिकाले महानगरभित्रका हलमा हिन्दी फिल्म बन्द गराउने भएको हो ।
यसअघि मेयर शाहले तीन दिन भित्र उक्त विवादित डायलग हटाउनुपर्ने र नहटाए महानगरभित्रका सबै हलमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्