Skip to content
LAXMI SUNRISE BANK

बालेनसँग डराएको ‘आदिपुरुष’ टिमले माग्यो माफी, भन्यो- ‘नेपालीको स्वाभिमानमा आँच पुर्याउने उद्धेश्य होइन’

अर्थ सरोकार

काठमाडौं । लगातारको विवादपछि अन्नतः ‘आदिपुरुष’ टिमले बालेन शाहसँग माफी मागेको छ । फिल्ममा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित संवाद राखेर नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतीमाथि ठाडो प्रहार गरेको भन्दै महानगरका हलहरुमा हिन्दी फिल्म ‘ब्याण्ड’ गरेपछि ‘आदिपुरुष’को फिल्म मेकर कम्पनीले मेयर शाहसँग माफी मागेको हो

‘आदिपुरुष’को निर्माण कम्पनी सुपर क्यासेट्सले इमेल मार्फत फिल्ममा समावेश संवादले परेको प्रभावप्रति माफी मागेको हो । निमार्ण कम्पनी सुपर क्यासेट्सले आइतबार बेलुका काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई इमेल पठाउँदै माफी मागेका हुन् ।

कम्पनीले पठाएको पत्रमा उक्त संवाद भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा बोलिएको भन्दै कलात्मक शैलीबाट मात्र बुझ्न पर्ने उल्लेख गरिएको छ ।

‘हामी नेपाली नागरिकको संवेदनामा परेको असरप्रति माफी माग्छौँ । राघव पात्रको रुपमा अभिनेता प्रभासले भनेको डायलगले सीता माताको जन्मथलोलाई इंगित नगरेर भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा भन्न खोजिएको हो ।’– फिल्म मेकर कम्पनीले मागेको माफी पत्रमा उल्लेख छ । यस्तो छ माफी पत्रः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK