Skip to content
LAXMI SUNRISE BANK

‘अदालतको आदेश मान्दिन, जुनसुकै सजाय दिए पनि काठमाडौंमा हिन्दी फिल्म चल्न दिन्न’- बालेन शाह

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कुनै पनि हालतमा काठमाडौंका फिल्म हलमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले अदालतले काठमाडौंका फिल्म हलमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न आदेश दिए पनि फिल्म चल्न नदिने बताएका हुन्

अदालतले हलमा हिन्दी फिल्म नरोक्न आदेश दिएको केही बेरमै बालेनले जुनसुकै सजाय भोग्न तयार हुने तर फिल्म चल्न नदिने बताएका हुन् ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’, मेयर शाहले लेखेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK