×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ क्षेत्रमा तरलता अत्याधिक बढ्यो, बैंकहरुले बोलाई-बोलाई सेयर कर्जा दिन थालेका हुन् ?

PRIME CA

बैंकिङ क्षेत्रमा तरलता अत्याधिक बढ्यो, बैंकहरुले बोलाई-बोलाई सेयर कर्जा दिन थालेका हुन् ?

६ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा तरलता लगातार बढेको बताएका छन् । देशभर आर्थिक मन्दीको चर्चा चलिरहेकैबेला गनर्भर अधिकारीले भने पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अनपेक्षित रुपमा तरलता बढेको दाबी गरेका हुन् ।

बजारमा तरलता लगातार बढेपछि पैसा तान्नुपर्ने बेला आएको गभर्नर अधिकारीले बताए । ‘पछिल्ला दिन बजारमा तरलता लगातार बढेको बढ्यै छ । तरलता यसरीसम्म बढेको छ कि अन्तर बैंकदर एकैदिनमा एक प्रतिशतसम्मले घटेको छ ।’, गभर्नर अधिकारीले भने, ‘यस्तो विरलै देख्न पाइन्छ । अझ अहिले बैंक तथा वित्तीय संस्थामा तरलता बढेर बजारबाट पैसा तान्नुपर्ने अवस्था आएको छ ।’

केही दिन अघि ७ प्रतिशत माथि रहेको अन्तर बैंक ब्याजदर झण्डै ३ प्रतिशतले झरेर हाल ४ प्रतिशतको बिन्दुमा पुगेको छ । त्यस्तै, कतिपय बैंकहरुको सिडि रेसियो ७७ प्रतिशतसम्म रहेको दाबी गरिएको छ ।

राष्ट्र बैंकका गभर्नर अधिकारीका अनुसार पछिल्लो समय सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्ने क्रम बढेको तर बैंक तथा वित्तीय संस्थामा कर्जाको माग खासै नहुँदा तरलता थुप्रिदै गएको हो । बैंकिङ क्षेत्रमा तरलता बढेसँगै यसले सेयर बजारमा पनि सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ । चर्चा यतिसम्म पनि छ कि, कतिपय बैंकहरुले लगानीकर्तालाई बोलएरै सेयर कर्जा लिनका लागि आग्रह गर्ने गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: