×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण नतिर्ने बहानामा वित्तीय संस्थामाथि आक्रमण गर्नेलाई कारवाही गर्न बैंकहरुको माग

PRIME CA

ऋण नतिर्ने बहानामा वित्तीय संस्थामाथि आक्रमण गर्नेलाई कारवाही गर्न बैंकहरुको माग

११ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ऋण नतिर्ने बाहनामा बैंक तथा वित्तीय संस्थामाथि आक्रमण भएको भन्दै बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित चारवटा संस्थाले संयुक्त रुपमा आपत्ति जनाएका छन् । सोमबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले एक विज्ञप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्थामाथि भएको आक्रमणप्रति आपत्ति जनाएका हुन् ।

सोमबार पूवी नेपालको इटहरी, सुनसरीमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा केही व्यक्तिहरुले अभद्र व्यवहार गर्नुका साथै बैंकका कर्मचारीलाई धम्क्याएर सेवा प्रवाहमा अवरोध गरेको भन्दै उनीहले आपत्ति जनाएका हुन् ।

नागरिकको सेवाका लागि खटिएका बैंक तथा वित्तीय संस्थामा अराजक गतिविधि बढ्न थालेपछि सुरक्षा थ्रेड बढेको भन्दै सुरक्षा प्रबन्ध मिलाउन समेत उनीहरुले सुरक्षा निकायसँग माग गरेका छन् । अर्थतन्त्रको मुख्य स्तम्भको रुपमा रहेका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुले मुलुकको विकास, आम सर्वसाधारणलाई प्रदान गर्ने सेवा–सुविधाहरु, आर्थिक वृद्धिमा खेलेका भुमिका, रोजगारी सिर्जना लगायत प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा दिएको योगदानका बारेमा उनीहरुले सचेत समेत गराएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: