×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक वर्ष २०८०/८१ को ‘विनियोजन विधेयक’ बहुमतले पारित

PRIME CA

आर्थिक वर्ष २०८०/८१ को ‘विनियोजन विधेयक’ बहुमतले पारित

१३ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को ‘विनियोजन विधेयक’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो ।
विधेयकको पक्षमा एक सय ४७ र विपक्षमा एक सय आठ मत परेको थियो । सभामुख देवराज घिमिरेले सो संख्या प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले विनियोजन विधेयक पारित भएको घोषणा गरेका थिए ।
बुधबारको बैठकमा दुई सय ५५ सांसदको उपस्थिति रहेको थियो । त्यसअघि सभामुख घिमिरेले मत विभाजनका लागि पाँच मिनेट जनाउ घण्टी बजाउन सचिवालयलाई निर्देशन दिई आवश्यक प्रक्रिया अगाडि बढाएका थिए ।
त्यस्तै, अर्थमन्त्री डा. महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनि मतका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको पक्षमा बहुमत रहेको भन्दै उनले विनियोजन विधेयक २०८० पारित भएको घोषणा गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: