×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरकारीको उचित मूल्य नपाएपछि किसान आन्दोलित, भान्सामा पुग्नुपर्ने गोलभेँडा सडकमै फालेर विरोध (फोटो-कथा)

PRIME CA

तरकारीको उचित मूल्य नपाएपछि किसान आन्दोलित, भान्सामा पुग्नुपर्ने गोलभेँडा सडकमै फालेर विरोध (फोटो-कथा)

३ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तरकारीको उचित मूल्य नपाएको भन्दै किसानहरुले सडकमै गोलभेँडा फालेर विरोध गरेका छन् । आइतबार कालिमाटी तरकारी बजारका व्यापारी तथा किसानहरुले सडकमै गोलभेँडा फालेर विरोध गरेका हुन् ।

तरकारीको उचित मूल्य नपाएका पीडित किसानले कृषि गरेर गुजारा चलाउन मुस्किल भएको भन्दै आत्मदाह गर्नुपर्ने अवस्था आएको बताएका छन् । सडकमै गोलभेँडा फालेर विरोध गरेका उनीहरुले तरकारीको उचित मूल्य नदिए किसानलाई फाँसी दिन चेतावनी दिएका छन् । ‘व्यापारीहरुले बिउ किन्नु पर्दैन ? कामदार लगाउनु पर्दैन ? फाइदा के छ ?’, सरकारसँग प्रश्न गर्दै उनीहरुले भने, ‘कृषि गर्ने प्रत्येक किसानलाई सरकारले फाँसि दिनुपर्छ । होइन भने कृषि प्रधान देश भन्ने सरकारले किसानलाई उत्पादनको उचित मूल्य दिनुपर्छ ।’

त्यस्तै, नेपाललाई कृषिप्रधान देश भनिए पनि भनेअनुसारको अवस्था नभएको किसान गीता कार्कीले बताएकी छिन् । ‘नारा चाहिँ ठूलो छ, नेपाल कृषिप्रधान देश भनेर तर खोई किसानको संरक्षण ? खोइ त उत्पानलाई उचित मुल्य ?’, उनले भनिन्, ‘दुःख गरेर उत्पादन गरेको २५ किलो गोलभेँडा १ सय रुपैयाँमा बेचेर हामीले के गर्ने ? मिहेनत लाग्छ, कामदारलाई ज्याला दिनुपर्छ, पानी, बिउ, औषधी, बिजुलीको बिल तिर्दा उल्टै घाटा बेहोर्नुपर्ने स्थिति छ ।’

कृषिमा केही गरौँ भनेर अग्रसर हुँदाहुँदै पनि राज्यले किसानको मर्का नबुझ्दा र उत्पादनको उचित मूल्य नदिँदा मर्का परेको भन्दै किसानले भान्सामा पुग्नुपर्ने गोलभेँडा सडकमै फालेर विरोध गरेका हुन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: