×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सेयर दलालहरुको बिज्ञप्तिबाजीको फुर्ती तुहियो, सबैजसो ब्रोकरमा तालाबन्दी, ब्रोकर भन्छन्- ‘हाम्रै संगठन निकम्मा भयो’

SAGARMATHA CEMENTS
काठमाडौँ । सेयर लगानीकर्ताले सेयर ब्रोकर अफिसहरुमा तालाबन्दी गर्ने जानकारीपछि बडो फुर्तीका साथ विज्ञप्ति जारी गरेको सेयर दलालहरुको संगठन स्टक ब्रोकर एसोसिएसनको फुर्ती आइतबार विहानै तुहिएको छ । संघका पदाधिकारीसहितको कार्यालयमासमेत लगानीकर्ताहरुले तालाबन्दी गरेपछि संघको फाईफुर्ती तुहिएको हो ।
आइतबार विहानसम्म अधिकांस ब्रोकरका टीएमएस बन्द गराइएका छन् भने धेरै ब्रोकर हाउसहरुमा तालाबन्दीसमेत गरिएका छन् । एकाविहानैदेखि एक जुट भएका लगानीकर्ताहरुले विभिन्न समूह नै बनाएर ब्रोकर हाउस बन्द गराईरहेका छन् । उनीहरुले ठाउँ ठाउँमा खटिने टोली बनाएर ब्रोकरका टिएमएस बन्द गराउने, ब्रोकरका कार्यालयमै तालाबन्दी गर्ने लगायतका काम गरिरहेका छन् ।
यता लगानीकर्ताका अगाडी ब्रोकरहरुको केहि सीप नलागेपछि कतिपय ब्रोकरहरुले भने आफ्नो संघ नै निकम्मा भएको आरोपसमेत लगाएका छन् । ‘अरु के कुरा गर्नु ? पदाधिकारीहरुकै अफिसमा लगानीकर्ताको ताला छ । हाम्रो संघ त पूरै निकम्मा भयो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक ब्रोकरले भने- ‘अलिकति पनि नैतिकता छ भने हाम्रा अध्यक्षले राजिनामा दिनुपर्छ । यस्तो तात्तो न छारोको अध्यक्षले संघ चल्दैन ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal