×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोर्ड अध्यक्षलाई भेटेर नयाँ दलालहरुले भने- ‘हाम्रो लगानी फस्ने भयो, तपाई अघि बढ्नुस्’

PRIME CA

बोर्ड अध्यक्षलाई भेटेर नयाँ दलालहरुले भने- ‘हाम्रो लगानी फस्ने भयो, तपाई अघि बढ्नुस्’

३ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थ समितिले लाईसेन्स वितरण तथा सञ्चालन प्रक्रियामा रोक लगाएपछि नयाँ ब्रोकरहरुको संगठन ‘न्यू स्टक ब्रोकर एसोसिएसन नेपाल’ धितोपत्र बोर्ड पुगेको छ । अर्थ समितिले रोकेको ब्रोकर लाइसेन्स प्रक्रियालाई पुनः सुचारु गर्न आग्रह गर्दै एसोसिएसनका पदाधिकारीहरु बोर्ड पुगेका हुन् ।

आइतबार ज्ञापन पत्रसहित बोर्ड पुगेका उनीहरुले अर्थ समितिले रोकेको लाइेसेन्स प्रक्रिया सुचारुका लागि पहल गर्न बोर्ड अध्यक्ष रमेश हमाललाई आग्रह गरेका छन् । त्यस्तै, उनीहरुले लाइसेन्स पाएर पनि पूर्वाधार तयार गरिसकेको अवस्थामा प्रक्रिया रोक्दा लगानी फस्ने भन्दै यथाशिघ्र पहल गर्न अनुरोध गरेका छन् ।

हाल स्थगित गरिएको इजाजत तथा सदस्यता सम्बन्धी प्रक्रियालाई यथाशीघ्र सूचारु गर्न नेप्सेलाई लिखित निर्देशन प्रदान गरिदिन पनि संगठनले अनुरोध गरेको छ । अर्थ समितिले लाइसेन्स पाइसकेका र कारोबार सुरु गर्न लागिसकेका ब्रोकर कम्पनीहरुलाई समेत तत्काल रोक्न भन्दै अर्थ मन्त्रालयमार्फत जेठ २९ गते निर्देशन जारी गरेको थियो ।

हालसम्म १८ वटा नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले सञ्चालन अनुमति दिइसकेको छ । यसमध्ये ७ वटाले नेप्सेबाट समेत सञ्चालनका लागि एलओआई पाइसकेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: