काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले जुनसुकै समयमा पनि सेयर ब्रोकर लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
मंगलबार बसेको संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा सांसद चौधरीले लाइसेन्स लिन चाहेका ब्रोकर हाउसलाई जुनसुकै समयमा पनि लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘हाल रहेको तीन–तीन वर्षमा ब्रोकर थप्ने व्यवस्थालाई हटाउनुपर्छ ।’, उनले भने, ‘जुनसुकै समयमा अनुमति लिन सक्ने व्यवस्था गर्नुपर्छ ।’
त्यस्तै, सांसद चौधरीले ब्रोकरको लागि तोकिएको रकम पनि धेरै भएको भन्दै यसलाई संशोधन गर्नुपर्ने धारणा राखेका छन् । यदी ब्रोकरको रकम संशोधन नभए सेयर बजारमा फेरि पनि सिन्डिकेट हुने उनको भनाइ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्