काठमाडौं । संघीय संसद अन्तर्गतको अर्थ समितिले नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले नयाँ ब्रोकर लाइसेन्स वितरण तथा सञ्चालन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया नरोक्न अर्थ समितिले दिएको निर्देशन स्वागयोग्य भएको लगानीकर्ता रोहण कार्कीले बताएका छन् । उनले अर्थ समितिले प्रक्रिया नरोक्न भन्दै पुनः निर्देशन दिनु खुसीको कुरा भएको बताए । ‘यसअघि अर्थ समितिले ब्रोकर लाइसेन्सको प्रक्रियाबारे उल्टो निर्देशन दिँदा लगानीकर्ता आन्दोलित हुनुपर्ने अवस्था आइसकेको थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै कार्कीले भने, ‘अहिले नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया नरोक्न निर्देशन दिएको छ, यो एकदमै खुसीको कुरा हो ।’
त्यस्तै, उनले पूँजी बजारको लामो आन्दोलनमा लगानीकर्ताले राखेको मुख्य माग नै नयाँ ब्रोकर लाइसेन्स रहेको समेत स्पष्ट पारेका छन् । ‘नयाँ ब्रोकर लाइसेन्सको मुद्धा लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको मुद्धा हो । तर यसअघि समितिले लाइसेन्स रोक्न दिएको आदेश त्रुटीपूर्ण थियो ।’, उनले भने, ‘अहिले फेरी अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन भन्नु ५६ लाख लगानीकर्ताको लागि न्यायपूर्ण फैसला हो ।’ समितिको उक्त निर्देशनसँगै यसले समग्र पूँजी बजारको विकास, विस्तार र सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने कार्कीले विश्वास गरेका छन् ।
त्यस्तै, लगानीकर्ता तारा फुल्लेलले ढिलै भए पनि नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया नरोक्न निर्देशन दिएको प्रति अर्थ समितिलाई धन्यवाद दिएका छन् । पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले गरेको कामकार्वाहीमा अर्थ समितिले बाधा पुर्याउन नहुने बताउँदै उनले अर्थ समितिले गरेको तत्कालको निर्णय सकारात्मक रहेको बताएका छन् ।
‘पूँजी बजारको विकास र विस्तारका लागि धितोपत्र बोर्डले गरेको काममा अर्थ समितिले बाधा पुर्याउनु हुँदैन ।’, उनले भने, ‘कहिँकतौ कमिकमजोरी भए छानबिन गर्ने अधिकार त होला तर काम नै अड्काउने गरी बाधक बन्नु चाहिँ गलत हो । जे होस् ढिलै भए पनि अर्थ समितिले जुन निर्णय गरेको छ, त्यो सकारात्मक छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्