Skip to content
LAXMI SUNRISE BANK

उडिरहेको जहाजभित्र फोटो र भिडियो खिच्ने बुद्ध एयरका पाइलट कार्वाहीमा परे, ड्युटीबाट हटाइयो

अर्थ सरोकार

काठमाडौं । उडिरहेको जहाजभित्र फोटो र भिडियो खिच्ने बुद्ध एयरका पाइलट कार्वाही परेका छन् । हवाई सुरक्षामा आँच आउने गरी जहाजभित्र फोटो भिडियो खिचेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका पाइलटलाई कार्वाही गरेको हो ।

प्राधिकरणका अनुसार बुद्ध एयरका ती पाइलटले उडिरहेको जहाजभित्र फोटो र भिडियो खिचेका थिए । उडानकै दौरानमा जहाजभित्र फोटो र भिडियो खिचेको भन्दै ती पाइलविरुद्ध उजुरी परेसँगै उनलाई ‘एक्टिभ ड्युटी’ बाट हटाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।

ड्युटीबाट हटाइएसँगै ती पाइलटसँग उक्त विषयमा स्पष्टीकरण सोधिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK