×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उड्नै लागेको बुद्ध एयरको जहाजमा समस्या देखियो, रनवेबाटै विमान फर्काएर याुत्रलाई अर्कै जहाजमा पठाइयो !

PRIME CA
GLOBAL IME BANK

उड्नै लागेको बुद्ध एयरको जहाजमा समस्या देखियो, रनवेबाटै विमान फर्काएर याुत्रलाई अर्कै जहाजमा पठाइयो !

११ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । सोमबार काठमाडौंदेखि भैरहवाका लागि उड्न तयार रहेको बुद्ध एयरको ८५९ जहाजमा समस्या देखिएको हो ।

विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेमा नपुग्दै एक्कासी विमानको स्मोक डिटेक्टरमा समस्या देखिएको थियो । विमानमा अचानक समस्या देखिएपछि जहाजलाई पुनः फर्काइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।

यात्रु बोकेर उड्न तयार रहेको बुद्ध एयरको विमानमा समस्या देखिँदा उक्त विमान फर्काएर अर्को विमानमार्फत यात्रुलाई भैरहवा पठाइएको छ । विमानमा के कारणले समस्या आयो भन्ने विषयमा भने अध्ययन गरिरहेको बुद्ध एयरले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: