×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असारमा पनि निक्षेपको ब्याज नघटाउने बैंकर्स संघको निर्णय, कर्जाको ब्याज के होला ?

PRIME CA

असारमा पनि निक्षेपको ब्याज नघटाउने बैंकर्स संघको निर्णय, कर्जाको ब्याज के होला ?

३० जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । असारमा पनि वाणिज्य बैंकहरुमा निक्षेपको ब्याजदर यथावत् रहने भएको छ । मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले असारमा पनि जेठकै ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो ।

हाल वाणिज्य बैंकहरुमा मुद्धती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत रहेको छ भने संस्थागत मुद्धती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत रहेको छ । बैशाखमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएसँगै व्यक्तिगत बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम गरिएको छ । सोही अनुसार जेठमा पनि बैशाखमै कायम गरिएको ब्याजदर यथवत् राख्ने निर्णय गरेको एक बैंकका सीईओले बताएका छन् ।

तर, असारमा निक्षेपको ब्याजदर यथावत् रहे पनि कर्जाको ब्याजदर भने केही घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि असारमा बैंकहरुमा कर्जाको ब्याजदर घट्ने भएको हो । बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लो तीन महिनाको बेस रेटलाई आधार मान्नुपर्छ । असार अन्तिमसम्ममा बैंकहरुले स्प्रेड दर ४ प्रतिशतमा झार्नुपर्ने भएकोले पनि असारमा कर्जा ब्याजदर घट्ने देखिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: