काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बसन्तपुर जोड्ने लुम्बिनी केबलकारको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री दाहालले बसन्तपुर डाँडाँस्थित केबलकारको माथिल्लो स्टेशन पुगेर केबलकारको औपचारिक उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा निर्माण भएको उक्त केबलकारमा २५ गोन्डुला रहेका छन् छन् दैनिक ६ हजार यात्रुलाई केबलकारले सेवा दिन सक्ने बताइएको छ ।
केवलकारको उद्घाटनसँगै लुम्बिनी केबलकार प्रालीका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताएका छन् । लुम्बिनी केबलकारको सम्पूर्ण आयोजनाको कुल लागत पाँच अर्ब रुपैयाँ रहेको छ । आइएमई समूहले यसअघि नवलपुरको मौलाकालिका र काठमाडौंको चन्द्रागिरिमा पनि केबलकार सञ्चालनमा ल्याएको थियो । केबलकार उद्घाटनका खास झलकहरु फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्