काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले छुर्पी बेचेर करिब ३ अर्ब रुपैयाँ आम्दानी गरेको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनाको तथ्यांक सर्वाजनिक गर्दै भन्सार विभागले साउनदेखि जेठसम्म नेपालबाट २ अर्ब ९६ करोड ६६ लाख ५० हजार रुपैयाँ बरारको १५ लाख ६३ हजार ३९० किलो छुर्पी निर्यात भएको जनाएको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालले निर्यात गरेको छुर्पी गत आर्थिक वर्षको तुलनामा ३८ करोड ६१ लाख रुपैयाँले बढी हो । नेपालले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५८ करोडको १५ लाख ५२ हजार २२२ किलो छुर्पी विदेश निर्यात गरेको थियो ।
भन्सार विभागका अनुसार नेपाली छुर्पीको मुख्या आयातकर्ता अमेरिका रहेको छ । साउनदेखि जेठसम्ममा नेपालले १३ लाख २१ हजार किलो छुर्पी अमेरिका निर्यात गरेर २ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, क्यानडामा एक लाख ३६ हजार किलो छुर्पी निर्यात हुँदा नेपालले २७ करोड रुपैयाँ आर्जन गरेको छ । योसँगै नेपालले हङकङमा एक करोड १२ लाख, जापान र बेलायतमा समान ३÷३ करोड रुपैयाँको छुर्पी निर्यात गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्