×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटमाथि संसदबाटै सिके राउतको आक्रोश- ‘गत बैशाखमा मतपेटिका लुटेको सरकारले जेठमा आएर बजेटमा लुट्यो’

PRIME CA

बजेटमाथि संसदबाटै सिके राउतको आक्रोश- ‘गत बैशाखमा मतपेटिका लुटेको सरकारले जेठमा आएर बजेटमा लुट्यो’

१ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा.सिके राउतले बजेटलाई जोडेर संसदीय उपनिर्वाचनमा भएको परिणामको तीतो पोखेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद राउतले यो देशमा बजेट लुट्नेहरुले गत बैशाखमा बारामा भएको उपनिर्वाचनमा बुथ लुटेको आरोप लगाए । ‘सरकारले जहाँ भए पनि लुट्ने क्रम जारी राखेको छ ।’, उनले भने, ‘गत बैशाखमा बारामा मतपेटिका लुटे, अहिले जेठमा आएर बजेट लुटे, बजेट बनाइएको होइन, बजेटमा लुटतन्त्र मच्चाइएको छ ।’

त्यस्तै, बैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव विजयी हुँदा राउतको जनमत पार्टीका उम्मेद्वार शिवचन्द्रप्रसाद कुशवाह पराजित भएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: