×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘महंगो ब्याजदरका कारण उद्योग-व्यवसाय धरासायी बने, तत्काल बैंकहरुको ब्याज एकल अंकमा झारियोस्’- सांसद सिंह

PRIME CA

‘महंगो ब्याजदरका कारण उद्योग-व्यवसाय धरासायी बने, तत्काल बैंकहरुको ब्याज एकल अंकमा झारियोस्’- सांसद सिंह

२४ जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपकबहादुर सिंहले बैंकहरुको ब्याजदर एकल अंकमा झार्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

बैंकहरुकै चर्को ब्याजदरका कारण हाल देशभरका उद्योग-व्यवसाय धरासायी अवस्थामा पुगेको सांसद सिंहको भनाई छ । ‘नेपालमा दर्ता भएका ६ हजार उद्योगमा अहिले जेनतेन ४ हजार उद्योगहरु सञ्चालनमा छन् ।’, उनले भने, ‘ती चार हजार उद्योगहरु पनि भूकम्प, कोरोना, रुस-युक्रेन युद्ध र अहिले बैंकहरुको चर्को ब्याजदरका कारण धरासायी बनेका छन् ।’

त्यस्तै, सांसद सिंहले संसदबाटै अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरलाई बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा झार्नसमेत माग गरेका छन् । ‘म अर्थमन्त्री, प्रधानमन्त्री र गभर्नर ज्यूलाई अनुरोध गर्न चाहन्छु कि बैंकहरुको ब्याजर एकल अंकमा झारियोस् । तब मात्रै उद्योगी व्यवसायी बाँच्न सक्छन् । यदी यी उद्योगहरु पनि बन्द भए भने नेपालमा हजारौँको संख्यामा रोजगारी गुम्छ । अनि के युवा जनशक्तिलाई खाडीमा पठाउने हो ?’

‘अहिले युपी र बिहारमा त्यहाँका व्यापारीलाई उद्योग–व्यवसाय सञ्चालन गर्न ७/८ प्रतिशतमा कर्जा दिइएको छ ।’, छिमेकी मुलुक भारतको उदाहरण दिँदै उनले भने, ‘तर, हामीले पटकपटक ब्याजदर घटाउन आह्वान गर्दा पनि ब्याजदर घटेन, बरु अहिले पनि व्यापारीहरुले १३ देखि १४ प्रतिशतसम्म ब्याज तिरिरहेका छन् ।’ योसँगै उनले बैंकहरुको ब्याजदर घटाउनतर्फ पहल गर्न पनि सरकारलाई अनुरोध गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: