×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हवाई भाडा ५ देखि ६ प्रतिशत मात्रै बढ्छ, सामाजिक सञ्जालमा लाग्ने ५% कर नै अन्तिम कर हो’- महानिर्देशक मैनाली

PRIME CA

‘हवाई भाडा ५ देखि ६ प्रतिशत मात्रै बढ्छ, सामाजिक सञ्जालमा लाग्ने ५% कर नै अन्तिम कर हो’- महानिर्देशक मैनाली

अर्थ सरोकार

२२ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले ‘परिवर्तित करः भ्रम र यथार्थ’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सरकारले ल्याएको नयाँ कर नीतिका बारेमा विभिन्न किसिमका टीप्पणी हुन थालेपछि इमानले परिवर्तित करबारे यथार्थ चित्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले परिवर्तित करका विषयमा बाहिर चलेको हल्लामा सत्यता नभएको बताएका छन् । उनले अहिले करका विषयमा चलेको बहस केही हदसम्म यथार्थमा आधारित भए पनि केही भने तथ्यहीन भएको दाबी गरे । ‘परिवर्तित करका विषयका अहिले थरीथरीका विश्लेषण सुन्न पाइन्छ ।’, उनले भने, ‘त्यसमा केही सत्य पनि छन्, केही आधारहीन पनि छन् । जुन कुरा राज्यले सबैलाई बुझाउन जरुरी छ ।’

अहिले सामाजिक सञ्जालमा लाग्ने करका विषयमा पनि भ्रम फैलिएको मैनालीले बताए । उनले सामाजिक सञ्जालमा लाग्ने ५ प्रतिशत कर नै अन्तिम कर भएको स्पष्ट पारेका छन् । ‘कतिपय सञ्चारमाध्यममा फेसबुक, युट्युब र टिकटकबाट आएको पैसामा आयकर सरह कर लाग्ने भन्ने खबर आएका छन्, तर ति खबरमा सत्यता छैन ।’, उनले भने, ‘सामाजिक सञ्जालबाट नेपाल भित्रिने पैसामा ५ प्रतिशत काटिने टिडिएस नै अन्तिम हो ।’

त्यस्तै, मैनालीले मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुँदा हवाई टिकटको मूल्य ५ देखि ६ प्रतिशतमात्रै बढ्ने बताएका छन् । नेपाल सरकारले भ्याट लाग्ने वस्तुको सूचीमा हवाई टिकटलाई समेत समावेश गरेपछि हवाई टिकटको मूल्य पनि १३ प्रतिशतले बढ्छ भन्ने तर्क गलत भएको बताउँदै मैनालीले हवाई टिकटको मूल्य ५ देखि ६ प्रतिशतले बढ्ने बताएका छन् ।

मैनालीका अनुसार आयात कर सम्बन्धी ऐनमा संशोधन नगरी करको दर परिर्वतन गर्न मिल्दैन । आर्थिक विधेयकमा आएको विशेष छुट सम्बन्धी व्यवस्था बाध्यकारी नभई स्वईच्छाको भएको बताएका छन् । सबै खालको आम्दानीमा कर लाग्नुपर्ने तर धेरै नभई आवश्यकता अनुसारको लाग्नुपर्ने उनको भनाई रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: