×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवा र सिंगापुरको लुलु मनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता

PRIME CA
GLOBAL IME BANK

इसेवा र सिंगापुरको लुलु मनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता

४ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ । स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको ईसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ ।

सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट, लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका थिए । इसेवा मनि ट्रान्स्फर र लुलु मनी बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले लुलु मनीको शाखामा गइ वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा ईसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउन सक्नेछन् । लुलु मनी बाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्सफरका १३ हजार ८ सय भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ भने पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यस सम्झौताबारे ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भने, ‘लुलु मनीको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौं। लुलु मनीबाट अनलाइन सेवा मार्फत पनि नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहनुभएका नेपालीहरुलाई आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता प्रदान गरेको छ र यसैगरी धेरै भन्दा धेरै नेपाली आप्रवासीसम्म हाम्रो सस्तो, छिटो र भरपर्दो रेमिट्यान्स सेवा पुर्याउन हाम्रो प्रयास जारि रहनेछ ।’

साझेदारीमा खुसी व्यक्त गर्दै लुलु मनी सिंगापुरकी कार्यकारी निर्देशक प्याट्रिसिया चुआले ईसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न र एफवान सफ्ट ग्रूपको फिनटेक इकोसिस्टम मार्फत नेपालमा रेमिट्यान्स सेवाहरू सुचारु गर्न पाउँदा आफू खुसी भएको बताएकी थिइन् ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

त्यस्तै, लुलु मनी विश्वव्यापी रेमिट्यान्समा अग्रणी नामहरू मध्ये एक हो । लुलु मनी विश्वसनीयता र विप्रेषण करोबारको सुरक्षाका लागि प्रसिद्ध छ र कम्पनीले विश्वभरि लाखौं मानिसहरूलाई छिटो र सहज रूपमा पैसा पठाउन र प्राप्त गर्न मद्दत गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: