काठमाडौँ । एभरेष्ट बैंकबाट ग्राहकको पैसा चोरी गरेको प्रकरणमा पक्राउ परेकाहरुमध्ये घटनाका मुख्य योजनाकार निरज प्रधान पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने फैसला सुनाएसँगै उनी जेल चलान भएका हुन् ।
पक्राउ परेका अन्य कर्मचारीहरु भने छुटेका छन् । यो मुद्धा अझै सकिएको भने छैन । मुद्धा किनारा लाग्न अझै केहि समय लाग्नेछ । उच्च अदालतमा अभियोग दर्ता भएपछि सोमबारको थुनछेक आदेशले पैसा झिक्ने दुई जना कर्मचारीलाई जनही ७ लाख र पक्राउ परेका ६ जना कर्मचारीलाई साधारण तारेखमा छोड्न उच्च अदालत विराटनगरले आदेश गरेको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए। साधारण तारेखमा रिहा हुनेहरूमा बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रबिसे ८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैंक इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाल छन्। यस्तै, धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सूर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजूलाई अदालतले जनही ७/७ लाख रुपैयाँ धरौटी राख्न आदेश गरेको छ।
बैंकले कनेक्ट आईपीएस प्रयोग हुने कम्प्युटर र भेरिफाई गर्ने कम्प्युटरको युजर र पासवर्डलाई जसले पनि प्रयोग गर्न मिल्ने गरी राख्न दिएर बैंकले चरम लापरवाही गर्दा एभरेष्ट बैंकमा रहेको ग्राहकको करोडौं रकम चोरी भएको थियो । बैंकले आन्तरिक अनुसन्धान गर्दा आफ्नै कर्मचारी निरज प्रधानले ग्राहकको खाताबाट पैसा चोरेको पाइएपछी प्रधानलाई प्रहरीको जिम्मा लगाएको थियो । तर प्रधानले अन्य कर्मचारीको पनि नाम बयानका क्रममा लिएपछि प्रहरीले अन्य कर्मचारीहरुलाई पनि पक्राउ गरेको थियो ।
(यस अघिको समाचारमा निरज प्रधान जेल चलान, २ जना धरौटी र बाँकी अन्य साधारण तारेखमा रिहा हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ ।- सम्पादक)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्