×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईपीओ स्थगनबारे घोराही सिमेन्टको प्रष्टोक्ति- ‘रेटिङ प्रभावित गरिएको छैन, आईपीओ रद्ध हुँदा उद्योगको प्रतिष्ठामाथि आँच पुग्यो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आईपीओ स्थगनबारे घोराही सिमेन्टको प्रष्टोक्ति- ‘रेटिङ प्रभावित गरिएको छैन, आईपीओ रद्ध हुँदा उद्योगको प्रतिष्ठामाथि आँच पुग्यो’

Artha Sarokar

८ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आईपीओ रद्ध गर्ने धितोपत्र बोर्डको निर्णयप्रति घोराही सिमेन्टले असन्तुष्टी व्यक्त गरेको छ । एक विज्ञप्ती जारी गर्दै घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले कम्पनीलाई बोधार्थ मात्रै दिएर आईपीओ स्थगन गरेको भन्दै असन्तुष्टी जनाएको हो ।

आईपीओ निष्काशन प्रक्रियाको चौथो दिनमा आईपीओ स्थगन गरिँदा कम्पनीको व्यवसायिक प्रतिष्ठा र ख्यातिमाथि नकरात्मक असर पुगेको कम्पनीको भनाई छ । योसँगै कम्पनीले बदिनियतपूर्ण अनर्गल प्रचारको क्रममा उठाइएका विषयको पूर्ण पारदर्शी रुपमा स्पष्ट पार्न कम्पनी तयार रहेको समेत जनाएको छ । ‘आईपीओ निष्काशनको खुल्ला अवधिभित्र उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्यातिमाथि नकारात्मक असर पुयाउने उद्धेश्यले प्रेषित भ्रमपूर्ण र गलत सूचना प्रवाहप्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ ।’, कम्पनीको विज्ञप्तीमा भनिएको छ, ‘बदनियतपुर्ण अनर्गल प्रचारको क्रममा उठाईएका सम्पूर्ण बिषयहरुको बारेमा पूर्ण पारदर्शि रुपमा स्पष्ट पार्न यस उद्योग सदा तत्पर छ ।’

त्यस्तै, कम्पनीले रेटिङ प्रभावित गरेको भन्ने विषयमा कुनै पनि सत्यता नभएको प्रष्टीकरण दिएको छ । ‘क्रेडिट रेटिङ्ग प्रक्रिया एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने र सो प्रक्रियामा विदेशका विषय विज्ञहरुको विश्लेषण र मुल्याङ्कनबाट हुने हुँदा सो प्रक्रियामा उद्योग प्रबर्धकहरुको तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरामा कुनै सत्यता नभएको प्रष्ट पार्न चाहन्छौं ।’ कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।

यस्तो छ कम्पनीको विज्ञप्तीः

Ghorahi PR
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी