काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सत्ता पक्षका सांसदहरुलाई कानको अपरेशन गर्न आग्रह गरेका छन् । संसदमा प्रतिपक्षी दलका नेताले सुझाव दिएनन् भन्ने सांसद लेखनाथ दाहालको अभिव्यक्तिमाथि आक्रोश पोख्दै उनले एमाले अध्यक्ष केपी ओलीको टिप्पणीमा सुझाव नदेख्नेलाई कानको अपरेशन गर्न जानु भन्दै आक्रोश पोखेका हुन् ।
‘आज पनि केही साथीहरुले प्रतिपक्षी दलका नेताले सदनमा बोलेको कुरालाई लिएर टिप्पणी गर्नुभयो । यति घण्टा बोल्यो, सुझाव दिइएन, आलोचना दिइएन भनियो ।’, बजेट पुस्तिका देखाउँदै उनले भने, ‘यो सबै खारेज गर्न योग्य छ, त्यसैले उहाँले दिएको टिप्पणी ग्रहण गर्नुस् न कान खोलेर अनि सबै सुझाव लाग्छन् । कि कानको अपरेशन गर्न जानुस्, होइन भने सुन्ने धैर्यता सत्तापक्षसँग छैन भने छलफल गर्नुको के अर्थ ।’
प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष ओलीमाथि सत्तापक्षका सांसदले प्रश्न उठाएपछि बास्कोटाले अर्थमन्त्रीको बजेट प्रस्तुतमाथि पनि प्रश्न उठाएका छन् । ‘अर्थमन्त्री ज्यू यहीँ हुनुहुन्छ । उहाँले पनि ३ घण्टा लगाएर, सात गिलास पानी खाएर, आफैँ लर्बरिएर, पसिना काडेर पेश गरेका कुरा महत्वपूर्ण हो कि ? यहाँ पेश गरिएका ‘कन्टेन्ट’का विषयमा छलफल गर्ने ?’, बास्कोटाले भने ।
त्यस्तै, बास्कोटाले मुलुक समृद्धिको खाका कोर्ने केपी ओली नै भएको दाबी गर्दै विकास कस्तो हुन्छ ? स्वाधिनता कस्तो हुन्छ ? राष्ट्रिय पूर्ननिर्माणको अभियान कस्तो हुन्छ भन्ने कुराको मानक केपी ओलीबाहेक कोही प्रधानमन्त्री नभएको दाबी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्