×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताको आन्दोलनलाई समर्थन गर्दै सांसद हरि ढकालले भने- ‘करको विषय सदनमा उठाउँछु’

PRIME CA

लगानीकर्ताको आन्दोलनलाई समर्थन गर्दै सांसद हरि ढकालले भने- ‘करको विषय सदनमा उठाउँछु’

१८ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सांसद हरि ढकालले पुँजीगत लाभकरको विषयमा संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सेयर बजारलाई संकुचित पार्ने गरी सरकारले बजेटमा नयाँ व्यवस्था ल्याएको भन्दै लगानीकर्ताले चर्काएको आन्दोलनलाई समर्थन गर्दै सांसद ढकालले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् ।

बेलाबेलामा पूँजी बजारको विषयमा संसदमा आवाज उठाएको बताउँदै सांसद ढकालले अहिले फेरी पनि करको विषयमा सदनबाट वकालत गर्ने बताएका छन् । ‘यसभन्दा अघि पनि मैले संसदमा पूँजी बजारको सुधारको लागि आवज उठाउँदै आईरहेको थिएँ, अब पनि उठाउँछु ।’, उनले भने, ‘सेयर लगानीकर्ताको समस्या मेरो पनि समस्या हो र अहिले जुन करको विषय उठेको छ यो विषय संसदमा पनि उठाउँछु ।’

त्यस्तै, सांसद ढकालले हाल अर्थमन्त्री डा.प्रकाशशरण महत भारत भ्रमणमा रहेको र फर्किएपछि उक्त विषयमा छलफल गर्ने प्रतिवद्धता जनाएका छन् ।

सरकारले सेयर कारोबारमा समेत प्रचलित कर नीति विपरित अत्याधिक मात्रामा कर लगाउन खोजेको भन्दै सेयर लगानीकर्ताहरु आक्रोशित भएका छन् । सरकारले ल्याएको नयाँ व्यवस्थाले सेयर बजार निकै प्रभावित हुने भन्दै लगानीकर्ताहरु आक्रोशित भएका हुन् । उनीहरुले सरकारले ल्याएको नयाँ व्यवस्था खारेज नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: