×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं र पोखरापछि धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

PRIME CA

काठमाडौं र पोखरापछि धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

४ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । धरान उपमहानगरपालिकामा पनि हिन्दी फिल्म ‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाइएको छ । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट सोमबारदेखि उपमहानगरभित्रका सबै हलमा ‘आदिपुरुष’को प्रदर्शन रोक्न निर्देशन दिएका हुन् ।

नेपालको अखण्डता, स्वाभिमान र सार्वभौमसत्तामाथि आँच आउने कुनै पनि गतिविधि सह्य नभएको बताउँदै मेयर हर्क साम्पाङले धरानमा ‘आदिपुरुष’को प्रदर्शन प्रतिबन्ध गरिएको जनाएका छन् । फिल्ममा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको बताउँदै उनले फिल्म हलमा उक्त फिल्म प्रदर्शनमा रोक लगाएको बताएका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्दै शाह (बालेन)ले विवादित संवाद नसच्याएको भन्दै महानगरभित्र हिन्दी फिल्ममा पूर्ण रुपमा रोक लगाएका छन् ।

त्यसलगत्तै पोखरा महानगरपालिकामा पनि महानगरभित्रका सबै फिल्म हलहरुमा ‘आदिपुरुष’सहित सबै हिन्दी फिल्मको प्रदर्शनीमा रोक लगाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: