×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरेलु हिंशा र बहुविवाहको केसमा आइक्यानका पार्षद ज्ञवाली दोषी ठहर, एक बर्षको कैद सजाय तोकियो, पार्षद पद जाने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

घरेलु हिंशा र बहुविवाहको केसमा आइक्यानका पार्षद ज्ञवाली दोषी ठहर, एक बर्षको कैद सजाय तोकियो, पार्षद पद जाने !

Artha Sarokar

१० असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान)का पार्षद शंकर ज्ञवाली बहुविवाह, घरेलु हिंशा लगायतका मुद्धामा दोषी ठहर भएका छन् ।   लामो समयदेखि घरेलु हिंसा,सम्बन्धविच्छेद, बहुविवाह र माना चामलका लागि मुद्धा लडिरहेकी उनकी श्रीमतीको पक्षमा सर्वोच्च अदालतले फैसला सुनाएपछि अन्तत: शंकर ज्ञवाली दोषी ठहर भएका हुन् ।
 न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलाशले उनले दायर गरेको घरेलु हिंसासम्बन्धी मुद्दालाई सदर गरिदिएको छ भने बहुविवाह र मानाचामलको मुद्दा पनि सदर भएको छ । सम्बन्धविच्छेदमा भने उल्टीको फैसला आएको छ ।
२०६८ सालदेखि मुद्धा मामिलामा रहेकी ज्ञवालीकी श्रीमतीको पक्षमा यस अघि  उच्च अदालत पाटनले यसअघि नै फैसला सुनाएको थियो । उच्चले थुनामा पठाउने आदेश दिएको भए पनि, शंकर र उनकी दोस्री श्रीमती रमा पन्थी जरिवाना तिरेर निस्किएका थिए ।
हाल सबै मुद्दामा शंकर ज्ञवालीको हार भएको छ भने बहुविवाह ठहर भई एक एक बर्ष कैद सजायसमेत तोकिएको छ ।  यस्तो अवस्थामा उनी आइक्यानको पार्षद पदबाट स्वत: मुक्त हुनेछन् । उनकी श्रीमतीले यसअघि आइक्यानमा समेत उजुरी गरेकी थिइन् भने उनको सपथसमेत रोक्न निवेदन दिएकी थिइन् । तर अदालती विषय भएकाले केहि गर्न नसकिने भन्दै आइक्यानले यो केस हेरेको थिएन । पछि विभिन्न निकायबाट पनि आइक्यानलाई यस विषयमा ताकेता भईरहेको थियो ।
अव ज्ञवाली पदमुक्त भएसँगै पुन: निर्वाचन गर्नुपर्नेछ । आइक्यानमा ४ जना रजिस्टर्ड अडिटरबाट प्रतिनिधित्व हुने हुनाले सो अर्को पदका लागि निर्वाचन हुनेछ । प्रचलित व्यवस्था अनुसार १ बर्षभन्दा बढी समय बाँकी रहेमा निर्वाचन गर्नुपर्ने हुन्छ । आइक्यानका उपाध्यक्ष सुजन काफ्लेले पनि १ बर्षभन्दा बढी समय बाँकी रहेकोले ज्ञवालीको पद जाने अवस्थामा पुन: निर्वाचन हुने बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी