×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीकर्ताका संगठन र राजश्व विभागबीच ‘पटके’को ठाउँमा ‘प्राकृतिक व्यक्ति’ शब्द राख्ने सहमति !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेयर लगानीकर्ताका संगठन र राजश्व विभागबीच ‘पटके’को ठाउँमा ‘प्राकृतिक व्यक्ति’ शब्द राख्ने सहमति !

Artha Sarokar

१८ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लगानीकर्ताका संघ संगठन र आन्तरिक राजश्व विभागबीच विभागले निकालेको विज्ञप्तिमा उल्लेख ‘पटके’ शब्दको ठाउँमा प्राकृतिक व्यक्ति शब्द राख्ने सहमति भएको छ । बिहीबार भएको वार्तामा यस्तो सहमति भएको हो ।

विभागका डिजी दिर्ध मैनालीसहित अन्य अधिकृतहरुको उपस्थितिमा भएको छलफलमा अव ‘पटके’ को स्थानमा ‘प्राकृतिक व्यक्तिु शब्द्ध राखिने सहमति भएको नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलले जानकारी दिएकी छिन् ।

तर लगानीकर्ताका संघ संगठनको बुझाई प्राकृतिक शब्द उल्लेख गर्दा नियमितको हकमा कम्पनीहरु हुने र उनीहरुलाई मात्र थप कर लाग्ने र प्राकृतिक व्यक्ति भन्ने शब्द राख्दा लगानीकर्तालाई साबिककै व्यवस्था हुने भन्ने छ । तर करका जानकारहरु भने विभागले नियमित शब्दको व्याख्या नगरेसम्म केहि भन्न नसकिने दाबी गर्छन् । लगानीकर्ताका नेताहरुले यसलाई समस्याको समाधानका रुपमा बुझेका छन् । तर समस्या भने तत्काल समाधान नै हुनेगरी यसले हल नदेखाएको तर्क जानकारहरुको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी