×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिबन्धित जुवा प्रकरणः ‘राजु मास्टर’ र ‘बल्छी ध्रुवे’सहित ८ जनालाई थप ६ दिन थुनामा राख्न अनुमति

PRIME CA

प्रतिबन्धित जुवा प्रकरणः ‘राजु मास्टर’ र ‘बल्छी ध्रुवे’सहित ८ जनालाई थप ६ दिन थुनामा राख्न अनुमति

३ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रतिबन्धित जुवा प्रकरणमा पक्राउ परेका ८ जना कलाकारलाई थप ६ दिन हिरासतमा जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ प्लेटफर्म ‘वान एक्स बेट’को प्रचार गरेको भन्दै पक्राउ परेका राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)सहित ८ जना युट्युबर र कलाकारलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

गत बिहीबार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको थियो ।

अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा पक्राउ परेका केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् । पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाखसम्म कमाई गरेको बताएका कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताएका छन् ।

उनीहरुले कमिसनबापतको पैसा वान–एक्स बेटमार्फत सिधै दिने गरेको पनि पाइएको छ । केही कलाकारहरुलाई निगरानी गरिरहेको र सिजी वेटका विषमया समेत अनुसन्धान भइरहेको डा केसीले बताएका छन् ।

कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो । त्यसको अघिल्लो दिन अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबार मात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचजना एजेन्टलाई पक्राउ गरेको थियो । उनीहरुले ७४ करोड कारोबार गरेको फेला परेको थियो । एकजना दिनेश खड्का भन्नेले मात्रै ६४ करोड कारोबार गरेको फेला परेको थियो । उनीहरुको मुद्दामा अहिले प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: