काठमाडौँ । लगानीकर्ता केशब कोइराला (काका)ले सेयर लगानीकर्ताका माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । शुक्रबार माइतीघरमा आयोजित प्रदर्शनका क्रममा अर्थ सरोकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । आर्थिक विधेयकमार्फत सरकारले सेयर बजारविरोधी कर नीति ल्याएको भन्दै उनले यसको विरोधमा आफुहरु निरन्तर आन्दोलनमा रहने र आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनको भनाई छ ।
साथै उनले सेयर लगानीकर्ताका माग पूरा नभएसम्म सबै ब्रोकरका टिएमएससमेत बन्द गरिने बताएका छन् । ‘हाम्रा माग पूरा नभएसम्म सबै ब्रोकरका टिएमएस एक एक गरी बन्द गराउँछौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘अहिलेको नीति कुनै पनि हालतमा हामी लगानीकर्तालाई मान्य हुने छैन ।’
बिहीबारमात्र काकासहितको टोलीले विभिनन ब्रोकर हाउसमा पुगी टिएमएस बन्द गराउन माग गरेको थियो । उनले आइतबारबाट थप शशक्त रुपमा आन्दोलन अघि बढ्नेसमेत बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्