काठमाडौं । लगानीकर्ता केशब कोइराला (काका)ले सेयर बजार क्र्यास हुने जोखिम बढेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सेयर लगानीकर्ताको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएको करनीति परिवर्तन नभए सेयर बजार क्रयास हुने बताएका हुन् ।
सरकारले आर्थिक विधेयक २०८० मार्फत सेयर बजारविरोधी कर नीति ल्याएको भन्दै उनले यो नीति लगानीकर्तालाई मान्य नहुने बताएका हुन् । ‘राज्यले सेयर बजारलाई हेर्ने दृष्टिकोण फरक भयो । सेयर लगानीकर्ताले मात्रै पैसा कमाए, यीनिहरुबाटै करमार्फत पैसा असुल्नुपर्छ भन्ने शैलीमा जुन खालको नीति ल्याइएको छ यसले पूँजी बजारलाई उँधोगतीतर्फ उन्मुख गराउँछ ।’, उनले भने, ‘कुनै पनि हालतमा सरकारले यो नीति खारेज गर्नुपर्छ वा सेयर बजारका ५४ लाख लगानीकर्ताको हित हुनेगरी नीति परिमार्जन गर्नुपर्छ । होइन भने सेयर बजार क्रयास हुन्छ ।’
त्यस्तै, उनले सरकारले नीति परिवर्तन नगर्दासम्म आफूहरुको आन्दोलन नरोकिने समेत चेतावनी दिएका छन् । ‘बजारको हित विपरितको नीति सरकारले सच्याउनुपर्छ, होइन भने यो आन्दोलनले थप उग्र रुप लिन सक्छ ।’, उनले भने, ‘माग सम्बोधन नभएसम्म हामी सेयर बजार नै बन्द गर्छौं ।’
सरकारले आर्थिक विधेयकमार्फत ल्याएको कर नीतिको विरोधमा बिहीबारदेखि लगानीकर्ताहरु आन्दोलित छन् । आन्दोलनकै क्रममा लगानीकर्ताले बिहीबार केही ब्रोकरको टिएमएस बन्द गराएका थिए भने एक ब्रोकरमा तालाबन्दीसमेत गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्