काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षकहरुलाई मासिक रुपमा तलब दिने भएको छ । आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट सार्वजनिक गर्दै उपमेयर सुनीता डंगोलले हाल चौमासिक रुपमा तलब पाउँदै आएका सामुदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमा तलब उपलब्ध गराउने घोषणा गरेकी छिन् ।
महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रुपमा तलब दिनका लागि महानगरले ३० करोडको सोध भर्ना कोष खडा गरेको उपमेयर डंगोलले बताएकी छिन् ।
त्यस्तै, काठमाडौं महानगरपालिकाले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणा समेत गरेको छ । यद्यपी कति वृद्धि गर्ने ? भन्ने बारमा भने टुंगो लागिसकेको छैन । महानगरले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्