×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पार्किङ प्रयोजनका लागि बनेका भवनलाई १० वर्षसम्म सम्पत्ती करमा छुट दिने बालेनको घोषणा, ठग्नेलाई कार्वाही !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पार्किङ प्रयोजनका लागि बनेका भवनलाई १० वर्षसम्म सम्पत्ती करमा छुट दिने बालेनको घोषणा, ठग्नेलाई कार्वाही !

Artha Sarokar

१० असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङ प्रयोजनका लागि बनेका भवनलाई आगामी १० वर्षसम्म सम्पत्ती करमा छुट दिने भएको छ । आगामी आर्थिक वर्ष २०८० ८१ को लागि आर्थिक विधेयक पेश गर्दै मेयर बालेन्द्र शाह (बालेन)ले यस्तो घोषणा गरेका हुन् ।

मेयर शाहका अनुसार व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरे निर्माण सम्पन्न भएको मितिदेखि १० वर्षसम्म उक्त भवनको सम्पत्ती करमा छुट दिइनेछ ।

तर, नक्सामा पार्किङ प्रयोजन देखाई पार्किङ स्थललाई अन्य प्रयोजनका लागि प्रयोग गरेको पाइएमा प्रचलित कानुन अनुसार कार्वाही गर्ने मेयर शाहले चेतावनी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी