Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्री भेट्न गएका सेयर लगानीकर्ता रित्तै फर्किए, लगानीकर्ता भन्छन्-‘आउँदैछौँ भन्ने चाल पाएर बिहानै निस्केछन्’

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेट्न भन्दै बाँसवारी पुगेका सेयर लगानीकर्ता अर्थमन्त्रीलाई नभेटी फर्किएका छन् । आइतबार पुष्पगुच्छासहित अर्थमन्त्रीकै निजी निवासमा पुगेका लगानीकर्ताहरु रित्तै फर्किएका हुन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नै आफूहरु अर्थमन्त्री भेट्न गए पनि अर्थमन्त्रीले समय नदिएको लगानीकर्ता नानीबाबु खरेलले बताए । ‘हामी उहाँलाई भेट्न भनेर गएका हौँ । तर, उहाँले समय दिनुभएन ।’, उनले भने, ‘उहाँलाई भेट्न हामी जाँदैछौँ भन्ने जानकारी पाएर बिहानै निस्केर हिँड्नुभएछ । उहाँको यो हर्कतले हामी सेयर लगानीकर्ताहरु चिन्तित छौँ ।’

त्यस्तै, अर्थमन्त्रीले समय नदिएपछि रित्तै फर्किएका लगानीकर्ताहरुले आइतबार सबै ब्रोकर हाउसहरुमा तालाबन्दी गरेका छन् । सरकारले आर्थिक विधेयकमार्फत सेयर बजारलाई ध्वस्त पार्ने गरी कर नीति ल्याएको भन्दै सेयर लगानीकर्ताहरु पछिल्लो तीन दिनदेखि आन्दोलित छन् । बाँकी भिडियोमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK