काठमाडौं । सेयर लगानीकर्ताको आन्दोलन अन्ततः सफल भएको छ । अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरिएको वार्ताका क्रममा आर्थिक विधेयकमार्फत ल्याइएको नयाँ कर नीति खारेज गर्ने सहमति भएको हो ।
अर्थमन्त्रालय र सेयर लगानीकर्ताबीच भएको उक्त समझदारीसँगै सेयर बजार खोल्ने सहमति पनि भएको हो । योसँगै लगानीकर्ताको आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ ।
सरकारी नीतिको विरोध गर्दै लगानीकर्ताले आइतबार बिहानैदेखि सबै ब्रोकर हाउसहरुमा तालाबन्दी गरेका थिए । अर्थमन्त्रीसँगको वार्ता सकारात्मक भएसँगै अब कारोबार पुनः सुचारु हुने भएको छ ।