×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताको महासंघ बनाउने अभियान अघि बढ्यो, ब्रोकर लाइसेन्स रोक्ने अर्थ समितिसँग पनि  वार्ता गरिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लगानीकर्ताको महासंघ बनाउने अभियान अघि बढ्यो, ब्रोकर लाइसेन्स रोक्ने अर्थ समितिसँग पनि  वार्ता गरिने

Artha Sarokar

३१ जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेयर लगानीकर्ताहरु लगानीकर्ताहरुको महासंघ बनाउन सहमत भएका छन् । मंगलवार काठमाडौंमा आयोजित छलफलबाट साझा संगठनकोरुपमा महासंघ निर्माणका लागि सहमति जुटेको हो । महासंघ बनाउन बनेको समितिका संयोजक रोहण कार्कीले महासंघ बने सहज हुनेमा सबै लगानीकर्ताहरु विश्वस्त रहेको बताए ।
‘सबै लगानीकर्ताहरुले विगत लामो समयदेखि माग गर्दै आएको एउटै साझा संगठन महासंघ हुनुपर्छ भन्ने थियो । त्यो महासंघ निर्माण गर्नुपर्ने कुरामा हामी सहमत भयौं ।’ उनले भने।
उनले संसदको अर्थसमितिबाट आएको विषयवस्तु नयाँ ब्रोकर रोक्ने अर्थ समितिको निर्णयमा आफुहरुको आपत्ति रहेकोसमेत बताएका छन् । रोकिएको नयाँ ब्रोकर लाइसेन्ससम्बन्धि प्रक्रियालाई सूचारु गर्न अर्थ समितिसँग वार्ता गर्नेसमेत उनको भनाई छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी