×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जरपछि बन्ने ‘लक्ष्मी सनराइज बैंक’मा सञ्चालकको टुंगो लाग्यो, लक्ष्मीबाट ४ र सनराईजका तर्फबाट ३ सञ्चालक राख्ने सहमति !

PRIME CA

मर्जरपछि बन्ने ‘लक्ष्मी सनराइज बैंक’मा सञ्चालकको टुंगो लाग्यो, लक्ष्मीबाट ४ र सनराईजका तर्फबाट ३ सञ्चालक राख्ने सहमति !

३ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको मर्जरपछि बन्ने नयाँ बैंक सञ्चालकको टुंगो लागेको छ । आइतबार सम्पन्न भएको बैंकको विशेष साधारणसभाले मर्जरपछि बन्ने बैंकको संचालकको टुंगो लगाएको हो । मर्जरपछि बन्ने लक्ष्मी सनराइज बैंकको सञ्चालकमा लक्ष्मीका तर्फबाट ४ र सनराइज बैंकको तर्फबाट ३ जना सञ्चालक रहनेछन् ।

जसअनुसार नयाँ बैंकको सञ्चालकमा लक्ष्मी बैंकको तर्फबाट बैंकका बर्तमान अध्यक्ष रमण नेपाल, डा.मनिष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत रहनेछन् भने सनराइज बैंकको तर्फबाट बैंकका हालका अध्यक्ष मोतीलाल दुगड, बच्छाराज तातेड र मालचन्द दुगड सञ्चालक बन्नेछन् ।

यी दुवै बैंकबीच १ः१ सेयर स्वाप रेसियोमा मर्जरको अन्तिम सम्झौता भएको छ । लक्ष्मी र सनराइजको मर्जरपछि बन्ने लक्ष्मी सनराइज बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ । यी दुवै बैंकबीच २५ पुषमा मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: